बाबर र इफ्तिखरको शतक, पाकिस्तानले नेपाललाई दियाे ३४३ रनकाे विशाल लक्ष्य
बाबर अजम र इफ्तिखर अहमदले शतक बनाएपछि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेको क्षतिमा रन ३४२ बनायो।
काठमाडाैं, भदाै १३ : कप्तान बाबर अजम र इफ्तिखर अहमदले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरेपछि एसिया कपको उद्घान खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ।
दुवैले शतक बनाएपछि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेको क्षतिमा रन ३४२ बनायो।
पाकिस्तानका लागि बाबरले सर्वाधिक १५१ रन बनाए। एकदिवसीयमा १९औं शतक बनाएका उलने १३१ बल खेल्दै १४ चौका र ४ छक्का प्रहार गर्दै १५१ रन बनाए।
एकदिवसीयमा पहिलो शतक प्रहार गरेका इफ्तिखरले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गदैै १०९ रन बनाए। बाबर र इफ्तिखरले पाँचौं विकेटका लागि १३१ बलमा २१४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। त्यसअघि मोहमम्द रिजवानले ४४ रनको इनिङ खेल्दा फखर जमानले १४ रन बनाए।
पहिलो पाटक पाकिस्तानसँग खेलिरहेको नेपाली टिमले राम्रो सुरुआत गरेको थियो। १२४ रनमै ५ विकेट लिँदै नेपालले पाकिस्तानमाथि दबाब कायम गरेको थियो। तर, त्यसपछि बाबर र इफ्तिखरले अनुभवको उपयोग गर्दै पाकिस्तानलाई ठूलो योगफलतर्फ लगे।
नेपालका लागि सोमपाल कामीले २ विकेट लिए। निकै महँगो सावित भएका सोमपालले दुवै विकेट इनिङको अन्तिम ओभरमा लिएका थिए। सोमपालले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए । करण केसी र सन्दीप लामिछानेले पनि समान १ विकेट लिए। नेपालले २ रनआउट गरेको थियो।











