Kathmandu Press

नेपालविरुद्ध बाबरको शतक

मुल्तान क्रिकेट मैदानमा जारी एसिया कपको उद्घाटन खेलमा बाबरले नेपालविरुद्ध १०९ बलमा शतक प्रहार गरेका हुन्।
नेपालविरुद्ध बाबरको शतक

काठमाडौं, भदौ १३ : एसिया कपको पहिलो खेलमा पाकिस्तानी कप्तान बाबर अजमले शतक प्रहार गरेका छन्। मुल्तान क्रिकेट मैदानमा जारी एसिया कपको उद्घाटन खेलमा बाबरले नेपालविरुद्ध १०९ बलमा शतक प्रहार गरेका हुन्।

बाबरले ४२औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीको बलमा २ रन लिँदै एकदिवसीय क्रिकेटको १९औं शतक बनाए। उनले १०८ बलमा १० चौका प्रहार गर्दै शतक पुरा गरे।

बाबरको शतकसँगै नेपालविरुद्ध पाकिस्तान बलियो वअस्थामा पुगेको छ। ताजा अवस्थामा पाकिस्तानले ४४औं ओभरमा ४ विकेटको क्षतिमा २५५ रन बनाएको छ।

उसका लागि बाबरले ११७ बलमा १ छक्का ११ चौका प्रहार गर्दै ११६ रन बनाएका छन् भने इफ्तिखर अहमदले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६३ रन बनाएका छन्।

त्यसअघि मोहम्मद रिजवानले ४४ रन बनाउँदा फखर जमानले १४ रन बनाए।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिँदा नेपालले २ पाकिस्तानी खेलाडीलाई रनआउट गरेको थियो ।

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्