नेपाललाई तेस्रो सफलता, दीपेन्द्रले गरे रिजवानलाई रनआउट
मुल्तान क्रिकेट मैदानमा जारी खेलमा नेपालले तेस्रो सफलताका रुपमा इनफर्म विकेटरकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई रनआउट गरेको थियो।
काठमाडाैं, भदाै १३ : एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ।
मुल्तान क्रिकेट मैदानमा जारी खेलमा नेपालले तेस्रो सफलताका रुपमा इनफम विकेटरकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई रनआउट गरेको थियो।
२४औं ओभरको चौथो बलमा रिजवानलाई दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट रनआउट गरे। रिजवानले ५० बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए।
त्यसअघि नेपाललाई छैठौं ओभरमा करण केसीले पहिलो सफलता दिलाएका थिए। उनले ओपनर फखर जमानलाई विकेटकिपरको हातबाट क्याचआउट गरेका थिए।
यस्तै, सातौं ओभरको पहिलो बलमै नेपालले दोस्रो सफलता पायो। अर्का ओपनर इमाम उलहकलाई कप्तान रोहितकमुार पौडेलले रनआउट गरेका थिए।
ताजा अवस्थामा पाकिस्तानले २५ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ क्रिजमा कप्तान बाबर अजाम ६५ बलमा ४५ रन बनाएर खलिरहेका छन्।
प्रकाशित मिति: १७:०६ बजे, बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











