Kathmandu Press

ओडिआईमा सन्दीपको ५०औं खेल

एकदिवसीयमा ५० खेल खेल्न सन्दीप नेपालका तेस्रो क्रिकेटर हुन्। यसअघि यो उपलब्धि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले हासिल गरेका छन्।
ओडिआईमा सन्दीपको ५०औं खेल

काठमाडाैं, भदाै १३ : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा ५०औं खेल खेलिरहेका छन्।

मुल्तान क्रिकेट मैदानमा जारी पाकिस्तानविरुद्धको एसिया कपको उद्घाटन खेल सन्दीपको आडिआईको ५०औं खेल हो। एकदिवसीयमा ५० खेल खेल्न सन्दीप नेपालका तेस्रो क्रिकेटर हुन्। यसअघि यो उपलब्धि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले हासिल गरेका छन्।

सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १११ विकेट लिएका छन्। सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए।

सन्दीप एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडी हुन्। सन्दीपले ४४ खेलमा १ सय विकेट लिएका थिए। यसक्रममा सन्दीपले अफगानी स्पिनर रसिद खानको कीर्तिमान तोडेका थिए।

 

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्