रोहितले गरे उत्कृष्ट रनआउट, नेपाललाई दोस्रो सफलता
नेपालले सातौं ओभरको समाप्तिमा २९ रन दिएर पाकिस्तानको दुवै ओपनरलाई पभेलियन फर्काएको छ।
काठमाडाैं, भदाै १३ : एसिया कप क्रिकेटमा डेब्यू गरिरहेको नेपालले नम्बर १ टिम पाकिस्तानविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ।
नेपालले सातौं ओभरको समाप्तिमा २९ रन दिएर पाकिस्तानको दुवै ओपनरलाई पभेलियन फर्काएको छ।
छैठौं ओभरको तेस्रो बलमा करणले फखर जमानलाई आउट गरेका थिए भने सातौं ओभारको पहिलो बलमा नेपाली कप्तान रोहितकुमार पौडेलले इमाम उल हकलाई उत्कृष्ट रनआउट गराएका थिए।
प्रकाशित मिति: १५:५७ बजे, बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











