Kathmandu Press

एन आई सी एशियाले ल्यायाे न्यू चमत्कारिक बचत योजना

काठमाडौं, फागुन ८ : एन आई सी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना ल्याएको छ । उक्त खातामा रकम जम्मा गरेका ग्राकहलाई आफ्नो बचतको उच्चतम ब्याजदर प....

एन आई सी एशियाले ल्यायाे न्यू चमत्कारिक बचत योजना

काठमाडौं, फागुन ८ : एन आई सी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना ल्याएको छ । उक्त खातामा रकम जम्मा गरेका ग्राकहलाई आफ्नो बचतको उच्चतम ब्याजदर पाउनु पहिलो रोजाई भएको भन्दै फरक योजना ल्याएको बैंकले जनाएको छ।

नयाँ योजना अन्तर्गत बैंकमा खाता खोल्दा ३० चमत्कारिक योजना अन्तर्गत न्यूनतम ५० हजारदेखि २ लाख १४ हजार रुपैयाँसम्मको चमत्कारिक फाइदा रहेको बैंकले जनाएको छ। 

त्यस्तै बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदा अघि सारेको छ।

२१ लाख रूपैयाँको बीमा सुविधामा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत करिब १४ हजार रूपैयाँ, दुर्घटना बीमा, घातक रोगको लागि मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गर्ने भएको छ। त्यस्तै खातावालाको दुर्घटनमा मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधि उपचार (मेडिकल) बीमाको लाभसमेत खातावालाले पाउनेछन्।

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक रहनेछन्।

स्वीप इन–स्वीप आउट सुविधा

बैंकका खातामार्फत बीमा, कर्जा र अन्य सुविधाबाहेक बैंकले नेपाल मै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन–स्वीप आउट सुविधा ल्याएको जनाएको छ। विशेष किसिमको सुविधा भन्दै बैकले बचत खातामा ६ दशमलव ५ प्रतिशत र मुद्धती खातामा ९ दशमलव ७५ प्रतिशतसम्मको ब्याज प्राप्त हुने जनाएको छ।

बैंकले देशभर तीन सय १९ शाखा कार्यालय, चार सय ४५ एटिएम, एक सय तीन एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखासहित बैंकिङ्ग सेवा मार्फत देशको सेवा प्रवाह गर्दै आएको छ ।

हालसम्म बैंकले बीमा रकम बापत देशभरका एक सय दुई जना चमत्कारिक तथा सुपर चमत्कारिक खातावालाहरूलाई करिब ६० लाख रूपैयाँ बीमा रकम उपलब्ध गराइसकेको छ।

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, फागुन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्