Kathmandu Press

स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट इपिएल खेल्ने

काठमाडौं, फागुन ८ :  स्कटिस राष्ट्रिय टिमका विस्फोटक ओनपर जर्ज मुन्सेले एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। 

आगामी चैत प....

स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट इपिएल खेल्ने

काठमाडौं, फागुन ८ :  स्कटिस राष्ट्रिय टिमका विस्फोटक ओनपर जर्ज मुन्सेले एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। 

आगामी चैत पहिलो साताबाट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने चौथो संस्करणको इपिएल मुन्सेले पोखरा राइनोजबाट खेल्न लागेका हुन्। 

पोखरा राइनोजले बिहीबार विज्ञप्ति जारी गर्दै मुन्से टिममा आबद्ध भएको जनाएको छ। मुन्सेसँगै पोखराले तीनै जना विदेशी खेलाडी क्लबमा अनुबन्धन गरेको छ। यसअघि पोखराले वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल र वेष्ट इन्डिजकै बलर केस्रिक विलियम्सलाई अनुबन्धन गरेको थियो।

नेपाल भ्रमणका लागि आफू आतुर रहेको मुन्सेले बताएका छन्। साथै उनले इपिएलका लागि पोखरामा आबद्ध हुँदा उत्साहित भएको पनि बताएका छन्। ‘इपिएल उत्कृष्ट प्रतियोगिता हो भन्ने सुनेको छु, त्यसैले प्रतियोगिताको तीव्र प्रतीक्षामा छु,’ उनले भने, ‘पोखरा राइनोजको प्रतिनिधित्व गर्न तयार छु र सबैलाई भेट्न आतुर छु।’

स्कटल्यान्डका देब्रेहाते ओपनिङ ब्याट्सम्यान मुन्से विस्फोटक इनिङका लागि परिचित छन्। २६ वर्षीय मुन्सेले सन् २०१५ को जुनमा आयरल्यान्डविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन् २०१९ को अप्रिलमा भएको अनअफिसियल टि–२० म्याचमा २५ बलमा शतक बनाउँदै मुन्सेले कीर्तिमान बनाएका थिए। ग्लुस्टरसायरका लागि बाथविरुद्ध मुन्सेले ३७ बलमा १४७ रनको अविश्वसनीय इनिङ खेलेका थिए। सो खेलमा उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

मुन्सले स्टकल्यान्टका लागि २५ एकदिवसीय र ३० टि–२० खेल खेलेका छन्। एकदिवसीयमा २ अर्धशतकसहित ५६२ रन बनाएका मुन्सेले टि–२० मा १ शतक र ५ अर्धशतक प्रहार गर्दै ९८७ रन बनाएका छन्।

टि–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १५४.२१ छ भने एभरेज २९.९० छ। गत वर्ष आयरल्यान्डविरुद्ध बनाएको नटआउट १२७ रनको इनिङ उनको उत्कृष्ट इनिङ हो।
 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्