Kathmandu Press

पनौतीमा ‘योगेन्द्र स्मृती कप’ फुटबल हुने

पनौतीमा ‘योगेन्द्र स्मृती कप’ फुटबल हुने

काभ्रे, भदौ ११ : काभ्रेको रहेको सरस्वती ब्बोईज क्लबले खेलाडी योगेन्द्र लामाको सम्झनामा ‘योगेन्द्र स्मृती कप’गर्ने भएको छ। क्लबका खेलाडी योगेन्द्र लामाको २०७९ चैत्र २५ गते निधन भएको थियो।

उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गर्न लागेको क्लबका संयोजक सुवास श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, ‘योगेन्द्र स्मृती कप’ आगामी असोज २० गतेदेखि कार्तिक ३ गतेसम्म पनौतीस्थित क्षेत्रीय रंगशालामा हुने छ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख, दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल प्राप्त गर्नेछन्। संयोजक श्रेष्ठका अनुसार प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पनि नगद पुरस्कार दिइनेछ।

प्रतियोगितामा देशभरका करिब २० टिमको सहभागिता रहने उनले बताए। प्रतियोगितामा सहभागिताको प्रक्रियाबारेमा क्लबले सम्पूर्ण जानकारी आफ्नो फेसबुक पेजमा राखेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०:५१ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्