एसिया कप खेल्न सन्दीप पाकिस्तान प्रस्थान [भिडियाे]
सन्दीपलाई विदाई गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए।![एसिया कप खेल्न सन्दीप पाकिस्तान प्रस्थान [भिडियाे]](https://kathmandupress.com/uploads/posts/sandeep1693205367.jpg)
काठमाडाैं, भदाै ११ : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरेका छन्। सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन्।
सन्दीप एक्लै पाकिस्तान प्रस्थान गरेका हुन्। काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दाको सनुनवाई ढिलाई गर्दा उनी टिमका अन्य सदस्यसँगै पाकिस्तान जान पाएका थिएनन्। नेपाली टिम अघिल्लो साता नै पाकिस्तान पुगेको थियो।
काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दाको अर्को पेशी भदौ २१ गतेका लागि तोकेपछि सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका हुन्। सन्दीपलाई विदाई गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए।
एसिया कप १३ भदौबाट सुरु हुँदैछ। नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते श्रीलंकामा खेल्ने छ।
विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रक्रियादिँदै सन्दीपले टिमसँगै जान नपाएपछि आफूले अभ्यासलाई निरन्तरता दिएको भन्दै एसिया कपका लागि तयार भएको बताए। उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’
एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्दै छ। नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्ने छ। त्यसपछि नेपाली टिम भारतसँग खेल्ने श्रीलंका आउने छ। भारतसँगको खेल भदौ १८ गते हुनेछ।
टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे। ‘भारत र पकिस्तानसँगको खेलमा हार जित भन्दा पनि हामीले उनीहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ। हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं।’











