शिवरात्रीमा मन्दिरका चारै ढोका खोलिने, गाँजा-भाङ खान नपाइने
काठमाडौं, फागुन ८ : पुशपति क्षेत्रमा शिवरात्रीको तयारी सुरू भएको छ। यस पटक दर्शनार्थीलाई लामो सयम लाइनमा बस्नु नपर्ने गरि तयारी भइरहेको पशुपति क्षेत्र....

काठमाडौं, फागुन ८ : पुशपति क्षेत्रमा शिवरात्रीको तयारी सुरू भएको छ। यस पटक दर्शनार्थीलाई लामो सयम लाइनमा बस्नु नपर्ने गरि तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
शुक्रबार शिवरात्री पर्व रहेको छ। शिवरात्रीका दिन बिहानैदेखि भिडभाड हुने गर्छ। पशुपतिमा तीज, शिवरात्री, साउनको व्रत, बाला चतुर्दशीलगायत विभिन्न पर्वहरुमा भीड हुन्छ।
यस पटक पनि शिवरात्रीमा भिड हुने र लामो समय लाइनमा बस्नुपर्ने हो कि भन्ने भक्तजनमा चिन्ता छ। पशुपति दर्शन गर्न आएकी कागेश्वरी मनोहरा नगरपालिकाकी सीता श्रेष्ठले भनिन्, ‘पशुपतीमा पूजा गर्न आउँदा तीज र शिवरात्रीमा पाँच घन्टा लाइनमा बस्नुपर्छ। यसपटक पनि त्यस्तै हुने होला।’
पशुपति क्षेत्र विकास कोषले भने शिवरात्रीको अवसरमा दुई घन्टाभन्दा बढि लाइन बस्नु नपर्ने जनाएको छ। शिवरात्रीको लागि ट्राफिक प्रहरी, स्वयंसेवक र सुरक्षाकमीहरूलाई परिचालन गरेर व्यवस्थित गर्न लागिएको जनाएको छ।
त्यस्तैले लामो समय लाइनमा बस्न नपर्ने कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए। ‘दर्शन गर्नको लागि धेरै लामो समय पर्खिनुपर्देन। मन्दिरको चारै तर्फको ढोका खोलिन्छ,’ डा.खतिवडाले भने, ‘बीचबाट मानिसहरु छिर्न नमिल्ने गरेर लाइनको व्यवस्था गरिएको छ। यस पटक सहज हुन्छ।’
यस पटक पशुपति दर्शनका लागि चार लाइनको व्यवस्था गरिउको छ। दर्शनमार्ग, मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन राखिने छ। जयवागेश्वरी इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाहुँदै पश्चिम ढोकाबाट द्रोस्रो लाइनको व्यवस्था गरिएको छ।
यस्तै, बत्तीसपुतली, गौशला, विमानस्थल, तीलगंगा भएर पिंगलास्थान, सुमार्गी भवन अगाडि भएर चारशिवालय पञ्चेदेवल हुँदै दक्षिण ढोकाबाट तेस्रो तीलगंगा राम मन्दिरतर्फ चौथो लाइनको व्यवस्था गरिुउको छ।
त्यस्तै, पार्किङका लागि पाँच स्थनामा तोकिएको छ। तीलगंगा क्षेत्रको उपलब्ध हुन सक्ने स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त/ट्राफिक प्रहरी प्रभाग गौशला, सिफल चौरको उपलब्ध हुन सक्ने स्थान र गुहेश्वरी पारीको स्थानमा पार्किङ गर्न सकिनेछ।
यससँगै साधुसन्तहरुका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र बसोबासको व्यवस्था गरिएको छ। यस पटक शिवरात्रीमा भने नशालुपदार्थ निषेध गरिएको छ। गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन गर्न नपाइने डा.खतिवडाले बताए।











-(32)-1764944804.jpeg)
