Kathmandu Press

सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जाने

काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्धको मुद्दाको अर्को पेशी भदौ २१ गतेका लागि तोकेसँगै उनी एसिया कप खेल्न जान लागेका हुन्। आइबारका लागि तोकिएको सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो।
सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जाने

काठमाडाैं, भदाै १० : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने एसिया कप खेल्ने भोलि पाकिस्तान जाने भएका छन्।

काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्धको मुद्दाको अर्को पेशी भदौ २१ गतेका लागि तोकेसँगै उनी एसिया कप खेल्न जान लागेका हुन्। आइबारका लागि तोकिएको सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो।

एसिया कप भदौ १३ गतेबाट पाकिस्तान र श्रीलंकामा सुरु हुँदैछ। १३ गते नै नेपालले पाकिस्तानसँग खेल्ने छ भने भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्ने छ। अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई खेल खेल्न भ्याउनेछन्।

मुद्दाको सुनुवाई लम्बिँदा सन्दीप अन्य खेलाडीसँगै पाकिस्तान जान पाएका थिएनन्। उनले कीर्तिपुर मैदानमै अभ्यास गरेका थिए।
 
प्रकाशित मिति: १६:२२ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्