क्रिकेटर झुलनको बायोपिकमा देखिँदै अनुष्का
काठमाडौं, फागुन ८ : भारतकी चर्चित क्रिकेटर झुलन गोस्वामीको जीवनीमा बन्न लागेको बायोपिकमा नायिका अनुष्का शर्माले क्रिकेटरको भूमिका निर्वाह गर्दैछिन्।
काठमाडौं, फागुन ८ : भारतकी चर्चित क्रिकेटर झुलन गोस्वामीको जीवनीमा बन्न लागेको बायोपिकमा नायिका अनुष्का शर्माले क्रिकेटरको भूमिका निर्वाह गर्दैछिन्।
सन् २०१८ मा रिलिजभएको फिल्म ‘जिरो’ पछि अनुष्का शर्मा ठूलो पर्दामा देखिएकी छैनन्। क्रिकेटर पति विराट कोहलीसँग समय बिताइ रहेकी उनी अब फिल्म उद्योगमा फिर्ता हुने तयारीमा जुटेकी छिन् । साथै, क्रिकेट नै उनको कमब्याकको विषय हुने भएको छ।
केही समयअघि झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी अनुष्का फिल्मको अनाउन्समेन्ट सुट गर्न त्यहाँ पुगेकी थिइन्। यो प्रोजेक्टको छिट्टै औपचारिक घोषणा हुँदैछ। सोनी पिक्चर्सले भिडियोमार्फत यो फिल्मको घोषणा गर्दैछ ।
झुलन भारतीय महिला क्रिकेट टिमकी कप्तानसमेत बनिसकेकी छन्। उनको प्रदर्शनबाट अनुष्का प्रभावित छिन्। उनलाई २००७ मा आईसीसीले महिला प्लेयर अफ दी इयर घोषित गरिएको थियो।

-1783580717.jpeg)