कोरोनाभाईरसका कारण बढ्याे सुन–चाँदीको भाउ
काठमाडौं, फागुन ८ : कोरोना भाइरसको असर सुन–चाँदीको कारोबारमा पनि परेको छ। सुनको मूल्य अत्यधिक बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी म....

काठमाडौं, फागुन ८ : कोरोना भाइरसको असर सुन–चाँदीको कारोबारमा पनि परेको छ। सुनको मूल्य अत्यधिक बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला ७७ हजार ६ सय पुगेको छ। त्यस्तै तेजाबी सुन प्रतितोला ७७ हजार तीन सय पुगेको छ।
त्यस्तै, चाँदी प्रतितोला नौ सय १५ रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ।
बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुनचाँलीको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको छ।
चीनमा फैलिएको कोरोना भाईरसका कारण आयातमा कमि हुँदा सुनचाँदीको भाउ बढेको व्यवसायीहरू बताउँछन्।
उस्तै, पनि यो सुनाचाँदीको कारोबार हुने समय हो। विशेष गरेर फागुनमा सुनको धेरै कारोबार हुने गरेको छ।










-1754206481.jpg)
