चारदेशीय महिला टि-२० सिरिजको उपाधिका लागि हङकङसँगै खेल्दै नेपाल
महिला टि–२० विश्वकपको एसिया छनोटका तयारीका लागि आयोजना गरिएको सिरिजमा नेपाल विजेता र हङकङ उपविजेताका रुपमा उपाधिका लागि भीड्न लागेका हुन्।
काठमाडाैं, भदाै ९ : मलेसिया जारी चारदेशीय महिला टि–२० सिरिजको उपाधिका लागि नेपाली महिला क्रिकेट टिमले आज उपािधका लागि हङकङसँग खेल्दैछ। खेल बायुमास ओभलमा ११ः४५ बजे सुरु हुनेछ।
महिला टि–२० विश्वकपको एसिया छनोटका तयारीका लागि आयोजना गरिएको सिरिजमा नेपाल विजेता र हङकङ उपविजेताका रुपमा उपाधिका लागि भीड्न लागेका हुन्। लिगमा नेपाल र हङकङ दुवै समान २ जिते निकाले पनि नेपाल रनरेटमा अघि थियो।
समूह रणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो।दोस्रो खेलमा कुवेतविरुद्ध ३४ पराजित गरेको नेपाल मलेसियासँग भने ६ विकेटले पराजित भएको थियो। यता, हङकङले मलेसिया र कुवेतलाई पराजित गरेको थियो।
प्रकाशित मिति: ११:०७ बजे, शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











