Kathmandu Press

बेलिङहमको गोलमा रियलको जित

बेलिङहमको निर्णायक गोल मद्दतमा रियलले सेल्टाभिगोमाथि १–०को जित निकाल्यो।
बेलिङहमको गोलमा रियलको जित

काठमाडाैं, भदाै ९ : इंग्लिस मिडफिल्डर जुड बेलिङहमले गोल गरेपछि ला लिगामा रियल मड्रिडले लगातार तेस्रो जित निकालेको छ। बेलिङहमको निर्णायक गोल मद्दतमा रियलले सेल्टाभिगोमाथि १–०को जित निकाल्यो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ८१औं मिनेटमा बेलिङहको गोलमा रियलले अग्रता लियो । उनले जोसेलुको पासमा गोल गरेका थिए।

बेलिङहमले लगातार तेस्रो खेलमा गोल गरेका हुन्। उनी क्रिस्टियानो रोनाल्डोपछि डेब्यूपछिका लागतार तीन खेलमा गोल गर्ने रियलका पहिलो खेलाडी बनेका छन्।

त्यसअघि चौथो मिनेटमै सेल्टाभिगोको अग्रता लिएको थियो । तर, जर्गेन स्टार्टन्डको सो गोल भारमार्फत रद्द भएको थियो। ६८औं मिनेटमा रियलले गोल सुन्दर अवसर पायो। तर, प्राप्त पेनाल्टीमा रोड्रिगोले गोल गर्न सकेनन्।

खेल जितेपनि रियलललाई स्टार खेलाडी भिसिनियस जुनियरको चोटले भने सताएको छ। ह्यास्ट्रिङका कारण उनले १८औं मिनेटमै मैदान छाडेका थिए।

प्रकाशित मिति: १०:५४ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्