Kathmandu Press

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो।
अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

दमौली, भदौ ७ : पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ।

बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो।

Hardik ivf

विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ। आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्