Kathmandu Press

जर्मनीको हनाउ शहरमा गोली चल्दा ८ जनाको ज्यान गयो

काठमाडौं, फागुन ८ : पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ ।

गोली काण्डमा अन्य पाँच जना घाइत....

जर्मनीको हनाउ शहरमा गोली चल्दा ८ जनाको ज्यान गयो

काठमाडौं, फागुन ८ : पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ ।

गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीले बीबीसीलाई बताए । सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको र हनाउ शहरको केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको जनाइएको छ ।

Hardik ivf

पहिलो गोली काण्डमा तीन जनाको ज्यान गएको र दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।  गोली चलाउनेको परिचय खुलिनसकेको र घटनाको थप विवरण आउँन बाँकी रहेको बीबीसीले जनाएको छ ।

हनाउ शहर हेसन प्रान्तमा पर्छ, जुन फ्र्याङ्कफर्टबाट पूर्वतर्फ २५ किमी टाढा रहेको छ । –बीबीसी 

प्रकाशित मिति: ०६:४२ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्