Kathmandu Press

कप्तान रोहित भन्छन्– भारत र पाकिस्तानसँग उत्कृष्ट खेल्छौं

रोहितले भारत र पाकिस्तानसँगको खेल विश्वले हेर्ने भएकाले आफुहरूले कुनै कमजोरी नदोहराउने बताए।
कप्तान रोहित भन्छन्– भारत र पाकिस्तानसँग उत्कृष्ट खेल्छौं

काठमाडौं, भदौ ५ : नेपालले पहिलो पटक टेस्ट राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसरा पाउँदै छ। पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा हुने एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत र पाकिस्तानसँग खेल्ने छ।

एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा रहेको नेपाली आजै पाकिस्तान प्रस्थान गर्दैछ।

पाकिस्तान जानुअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले एसिया कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए। उनले नतिजा आफ्नो पक्षमा नआएपनि भारत र पाकिस्तानसँग उत्कृष्ट क्रिकेट खेल्ने बताए।

‘भारत र पाकिस्तान दुवैसँगको खेल एकदमै प्रतिस्पर्धी हुनेछ । दुवै टिमले एकै स्थानबाट सुरु गर्ने हो,’ उनले भने, ‘क्रिकेटमा जुनसुकै टिमले पनि जित्न सक्छ। त्यो दिन जसले राम्रो खेल्छ उसैले जित्ने हो। हामीले राम्रो खेल्यौं भने जित्छौं।’

रोहितले भारत र पाकिस्तानसँगको खेल विश्वले हेर्ने भएकाले आफुहरूले कुनै कमजोरी नदोहराउने बताए।

यस्तै, रोहितले टिममा सन्दीप लामिछानेको विकल्प अरु कसैले दिन नसक्ने बताए। उनले सन्दीप एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गरे। केही दिनअघि सन्दीप टिममा उपलब्ध हुन नसके त्यसको विकल्प तयार भएको बताएपछि सामाजिक सञ्जालमा रोहितको तिब्र आलोचना भएको थियो।

रोहितले एसिया कपका लागि नेपाली खेलाडीहरु मानसिक रुपमा तयार भएको बताए । उनले १५ दिनको ब्रेकमा सबैले आफ्नो कमजोरीमा काम गरेको बताए। उनले नेपाली टिमको आत्मविश्वास बलियो रहेकाले दुवै बलिया टिमसँग खेल्ने उत्साहित रहेको बताए।

त्यस्तै राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टीमलाई उत्कृष्ट नजिता निकाल्न टिमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले आफूहरुले ५–६ जित्ने मासिकताका साथ खेलेको बताउँदै भारत र पाकिस्तानसँग पनि त्यही मानसिकता साथ खेल्ने बताए । उनले मैदानमा रहुन्जेल जित्नका लागि लड्नु पर्ने बताए।

एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपालले पाकिस्तानसँग भदौ १३मा मुल्तानमा खेल्ने छ भने भारतसँग श्रीलंकामा भदौ १८ खेल्ने छ।

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्