कामना बैंकले जित्यो माछापुच्छ्रे बैंक कर्पोरेट कप क्रिकेटको उपाधि
काठमाडौं, फागुन ७ : माछापुच्छ्रे बैंक कर्पोरेट कप सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको छैठौं संस्करणको उपाधि कामना सेवा विकास बैंकले जितेको छ।
....
काठमाडौं, फागुन ७ : माछापुच्छ्रे बैंक कर्पोरेट कप सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको छैठौं संस्करणको उपाधि कामना सेवा विकास बैंकले जितेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको फाइलनमा भारतीय दूतावासलाई ८ रनले पारजित गर्दै कामना सेवा विकास बैंकले उपाधि जितेको हो।
कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याएको भारतीय दूतावास ५४ रन मात्रै बनाउन सक्यो। भारतीय दूतावासका लागि सुभास सिंहले सर्वाधिक २८ रन बनाए भने निरजकुमार सिंहले ११ रन बनाए।
कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव, केशव गिरी र घनश्याम ढुंगेलले समान एक–एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको कामना बैंकले निर्धारित ओभरमा ५ को क्षतिमा ६२ रन बनाएको थियो। उसका लागि हेमन्त श्रीवास्तवले ३३ रन बनाउँदा सुरेश उप्रेतीले १३ रनको योगदान दिए। भारतीय दूतावासका निरज सिंहले एक विकेट लिए।
भारतीय दूतावासले एनसेल ‘ए’ लाई हराउँदै फाइलन पुगेको थियो भने कामना सेवा विकास बैंकले सिभिल बैंकलाई हराएको थियो।
कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव सर्वोत्कृृष्ट खेलाडी चुनिए। उनले यामाहा मोटरसाइकल प्राप्त गरे।
यस्तै, प्राइम कमर्सियल बैंकका विवेक दली उत्कृष्ट बलर र फिल्डर बने भने सेन्चुरी बैंकका सुरज तिमिल्सिना उत्कृष्ट ब्याट्सम्यान र भारतीय दूतावासका राजेश चौधरी उत्कृष्ट विकेट किपर बने।
विजेता र उत्कृष्ट खेलाडीहरुलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार वितरण गरेका थिए।











