Kathmandu Press

राष्ट्रपतिद्वारा एसिया कप खेल्ने नेपाली क्रिकेट टिमको बिदाई

राष्ट्रपति पाैडेलले क्रिकेटको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणलाई तिव्रता दिनुपर्नेमा जोड दिए।
राष्ट्रपतिद्वारा एसिया कप खेल्ने नेपाली क्रिकेट टिमको बिदाई

काठमाडौं, भदौ ५ : राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली क्रिकेट टिमलाई बिदाई गरेका छन्।

प्रतियोगिताका लागि पाकिस्तान जान नेपाली टिमलाई राष्ट्रपति पौडेलले शीतल निवासमा एक कार्यक्रमबीच बिदाई गरे। सो अवसरमा राष्ट्रपछि पौडैलले खेलाडीलाई सफलताका लागि शुभकामना दिए।

‘विश्व क्रिकेटका भारत र पाकिस्तानजस्ता ठूला टिमसँग खेल्ने अवसर पाउनु नेपाली टिमका लागि थप उत्साहको विषय हो,’ उनले भने, ‘उत्कृष्ट प्रदर्शन गरेर परिणाम निकाल्न तपाईंहरूको अहोरात्रको मेहनेत र परिश्रम सफल होस्।’

अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागीताले खेलाडीलाई व्यक्तित्व निर्माणको अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन मौका दिने राष्ट्रपति पौडेलले बताए। उनले क्रिकेटको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणलाई तिव्रता दिनुपर्नेमा जोड दिए।

नेपाली टिम भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न आजै पाकिस्तान प्रस्थान गर्दैछ। नेपालले पाकिस्तानसँग उसकै मैदानमा र भारतसँग श्रीलंकामा खेल्ने छ।

 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्