Kathmandu Press

चारदेशीय सिरिज : हङकङमाथि नेपाली महिला टिम सानदार जित

मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपाली महिला टिमले हङकङमाथि ६ विकेटको सहज जित निकाल्यो।
चारदेशीय सिरिज : हङकङमाथि नेपाली महिला टिम सानदार जित

काठमाडौं, भदौ ५ : मलेसियामामा जारी चार देशीय महिला क्रिकेट सिरिजमा नेपाली टिमले सानदार सुरुआत गरेको छ। मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपाली महिला टिमले हङकङमाथि ६ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपाललाई जित दिलाउने क्रममा सम्झाना खड्काले सर्वाधिक ३६ रन बनाइन्। उनले ३६ बलमा ५ चौका प्रहार गरिन्।

यस्ते, ओपनर पूजा महतोले १८ बलमा १६ रन बनाउँदा कप्तान रुविना क्षेत्री २० बलमा १ चौकासहित १० बनाइन्। हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा ८४ रनमै अलआउट भयो। उसलागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् भने डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन्।

हङकङलाई सस्तैमा रोक्ने क्रममा सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन्। यस्तै, इन्दू बर्माले २ तथा रुविना, कविता कुँवर र पूजा महतोले समान १ विकेट लिए। पूजा डेब्यू खेलमै विकेट लिन सफल भइन्।


अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय सिरिज आयोजना गरिएको हो। सिरिजमा नेपाल, हङकङ, मलेसिया र कुवेत सभागी छन्।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्