Kathmandu Press

चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक

काठमाडौं, फागुन ७ : निर्देशक प्रद्युम्न मिश्रको डेब्यूमा बनेको चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ। फागुनको १६ गते रिलिज हुने चलचित्र....

चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक

काठमाडौं, फागुन ७ : निर्देशक प्रद्युम्न मिश्रको डेब्यूमा बनेको चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ। फागुनको १६ गते रिलिज हुने चलचित्रले काठमाडौंमा मजदुरी गर्ने मानिसको वास्तविक जीवनशैली, सपना र संघर्षको कथालाई चित्रण गर्न खोजेको छ। 

चलचित्रमा वुद्दि तामाङ, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदिप कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ, भने नीर शाह, सुशिल पोखरेल, लक्ष्मी वर्देवालगायतका कलाकारको विशेष भूमिका रहेको पाइन्छ।

दीपा धरेलको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुयाँलको लगानी रहेको छ । रविन आचार्यको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा शंकर थापा र जुगल डंगोलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।

प्रकाशित मिति: १६:१८ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्