Kathmandu Press

स्पेन बन्यो महिला विश्वकपको नयाँ च्याम्पियन

अष्ट्रेलियाकाे सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा इंग्ल्यान्डलाई १–० हराउँदै स्पेनले पहिलो पटक महिला विश्वकप उपाधि जितेको हो।
स्पेन बन्यो महिला विश्वकपको नयाँ च्याम्पियन

काठमाडाैं, भदाै ३ : महिला विश्वकपको उपाधि स्पेनले जितेको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा इंग्ल्यान्डलाई १–० हराउँदै स्पेनले पहिलो पटक महिला विश्वकप उपाधि जितेको हो।

स्पेन र इंग्लायन्ड दुवै पहिलो पटक फाइनल पुगेका थिए। स्पेन विश्वकप उपाधि जित्ने पाँचौं टिम हो। यसअघि अमेरिकाले सर्वाधिक ४, जर्मनीले २ तथा नर्वे र जापानले समान १ पटक उपाधि जितेका छन्।

स्पेनलाई च्याम्पियन बनाउने क्रममा स्पेनका लागि ओल्गा कामोर््नाले २९औं मिनेटमा निर्णायक गोल गरिन्।

७९औं मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने अवसर पाएको थियो। तर, प्राप्त पेनाल्टीमा जेनिफर हेर्मोसोले गोल गर्न सकिनन्। उनको प्रहार इंग्ल्यान्डकी गोलपिकरले रोकेक थिइन्।

खेलमा दबाब पनि स्पेनले नै बनाएको थियो । उसले ५८ प्रतिशत बल पोजसन बनाउँदै इंग्ल्यान्डको पोस्टमा १३ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो। यता, इंग्ल्यान्डले ८ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

प्रकाशित मिति: १८:१० बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्