पाँच सय रोपनी जमिनमा सामूहिक आलु खेती
स्याङ्जा फागुन ७ : स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब पाँच सय ....

स्याङ्जा फागुन ७ : स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब पाँच सय रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका हुन् ।
आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको सहकारीका अध्यक्ष रुमलाल कँडेलले बताए । आलुको पकेट क्षेत्र मानिएको जिमुहामा निर्माण भएको शीतभण्डारमा रहेको एक सय ३० टन आलुको बीउ र राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट २० टन गरी झण्डै एक सय ५० टन आलुको बीउ सामूहिकरुपमा लगाइएको सहकारीका अध्यक्ष कँडेलले बताए ।
“व्यक्तिगत रुपमा भन्दा सामूहिकरुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको छ”, अध्यक्ष कँडेलले भने, “सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फतै गर्ने व्यवस्था मिलाइएको छ ।” स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन संस्थामार्फत पहलकदमी थालेको उनले बताए ।
आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने यस ठाउँमा उत्पादन भएको आलु तथा बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्म बिक्री हुने गरेको अगुवा कृषक गीता कडेलले बताइन् । “बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइराख्नका लागि भैरहवास्थित शितभण्डारमा राख्ने गरेका थियौँ”, अउनले भनिन्, “गत वर्ष जिमुहामा शीतभण्डार निर्माण भएसँगै उत्पादित आलु तथा बीउ आलु यही सहुलियत दरमा राख्न सकिने भएकाले पनि सहजता भएको छ ।










-1754206481.jpg)
