Kathmandu Press

अस्ट्रेलियाको मेलबोर्नमा दुई बिमान आकाशमै ठोक्कियो, चारको मृत्यु

मेलबोर्न, फागुन ७ : अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमान आपसमा आकाशमै ठोकिएका छन् । बिमान ठोक्किँदा त्यसमा सवार चारै जना....

अस्ट्रेलियाको मेलबोर्नमा दुई बिमान आकाशमै ठोक्कियो, चारको मृत्यु
Hardik ivf

मेलबोर्न, फागुन ७ : अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमान आपसमा आकाशमै ठोकिएका छन् । बिमान ठोक्किँदा त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरको करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेको भए पनि घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्