Kathmandu Press

एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित

काठमाडौं, फागुन ७ : च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगको खेलमा एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली ए....

एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित

काठमाडौं, फागुन ७ : च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगको खेलमा एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली एट्लेटिकोले साविक विजेता लिभरपुललाई १–० गोल अन्तरले पछि पारेको हो ।

खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको छ । दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ । यस्तै गएराति नै भएको अर्को खेलमा ईर्लिङ हालाण्ड प्ररित बोरुसिया डर्टमण्डले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ । यसैबीच लिभरपुल मुख्य प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड साडियो मानेलाई चाँडै मैदानबाट निकाल्नु च्याम्पियन्स लिगमा हारको मुख्य कारण रहेको बताए । 

प्रकाशित मिति: ०७:२१ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्