इंग्ल्यान्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा
बुधबार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो।
काठमाडाैं, साउन ३१ : इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो।
अब इंग्ल्यान्डले उपाधिका लागि स्पेनसँग खेल्ने छ। स्पेन स्वीडेनलाई हराउँदै फाइनल पुगेको हो।
३६औं मिनेटमा इला टोलीले गोल गर्दै इंग्ल्याडलाई खेलमा सुरुआती अग्रता दिलाइन्। तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट याम किरले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काइन्।
७१औं मिनेटमा लाउरेन हेम्पले गोल गरेपछि इंग्ल्यान्डले खेलमा पुनः अग्रता लियो। त्यसपछि एलेसिया रुसोले ८६ औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले पहिलो पटक फाइनलमा स्थान पक्का ग¥यो।
प्रकाशित मिति: १९:१२ बजे, बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











