Kathmandu Press

अफगानिस्तानको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि घानी निर्वाचित

काठमाडौं, फागुन ७ : अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मङगलबार घोषणा गरेको छ । आयोगले राष्ट्रपति म....

अफगानिस्तानको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि घानी निर्वाचित

काठमाडौं, फागुन ७ : अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मङगलबार घोषणा गरेको छ । आयोगले राष्ट्रपति मोहम्मद अशरफ घानीलाई दोस्रो कार्यकालमा पदमा रहन विजयी भएको घोषणा गरेको छ ।

“मोहम्मद अशरफ घानीले राष्ट्रपति चुनावमा ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ त्यसैले स्वतन्त्र निर्वाचन आयोगले उनलाई अफगानिस्तानको निर्वाचित राष्ट्रपतिको रूपमा घोषणा गर्दछ ।” निर्वाचन आयोगका प्रमुख हवा आलम नुरिस्तानीले एक पत्रकार सम्मेलनमा भने । घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बनेको आयोगले जनाएको छ ।

Hardik ivf

२००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो भने एक दर्जन भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । राष्ट्रपति चुनावको प्रारम्भिक नतिजा डिसेम्बरमा घोषणा गरिएको थियो जसमा घानी पहिलो स्थानमा हुनुहुन्थ्यो र उनका प्रतिद्वन्द्वी अब्दुल्ला दौडमा दोस्रो स्थानमा नै थिए ।

मतदानका लागि ९४ लाख मतदाता योग्य मानिए पनि मतदानमा १९ लाखको सहभागिता रहेको थियो । अधिकांश ग्रामिण इलाका र तालिवान विद्रोही नियन्त्रित सहरहरूमा पनि निकै थोरै मतदाताले भोट हालेका थिए । 

प्रकाशित मिति: ०६:५२ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्