८ मिनेटमा २ गोल गर्दै स्पेन महिला विश्वकपको फाइनलमा
मंगलबार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा स्वीडेनलाई २–१ले हराउँदै स्पेनले पहिलो पटक फाइलनमा स्थान पक्का गरेको हो।
काठमाडाैं, साउन ३० : स्पेन पहिलो पटक महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा स्वीडेनलाई २–१ले हराउँदै स्पेनले पहिलो पटक फाइलनमा स्थान पक्का गरेको हो।
खेलको अन्त्यतिर ८ मिनेटमा २ गोल गरेपछि स्पेनले फाइनल यात्रा तय गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा तीनै गोल अन्तिम १० मिनेटमा सम्भव भएको थियो।
खेलमा अग्रता पनि स्पेनले नै लिएको थियो। उसका लागि ८१औं मिनेटमा सल्मा पाराल्लुलोले गोल गरेकी थिइन्। ८८औं मिनेटमा रेबेका ब्लोमविस्टले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याइन्।
तर, त्यसको एक मिनेटपछि नै ओल्गा कार्मोनाले गोल गरेपछि स्पेनले पहिलो पटक फाइलनमा स्थान बनायो।
अब उसले उपाधिका लागि इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ।
प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











