Kathmandu Press

हक्की संघको सोलिडारिटी कार्यक्रम

हक्की संघको सोलिडारिटी कार्यक्रम

काठमाडौं, साउन ३० : नेपाल हक्की संघले ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको छ।

एसिया हक्कीको प्राविधिक सहयोगमा संघले मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु गरेको हो। नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन्।

कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० को सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरे। उनले खेलको विकासको क्रममा नयाँ नयाँ खेलहरु अगाडी आइरहेको अवस्थामा पुराना खेलहरुलाई पनि अघि बढाउनुपर्ने बताए।

नेपालजस्ता खेल क्षेत्रमा कम लगानी भएको देशमा हक्कीलाई आधुनिक ढंगले अगाडी बनाउन मेहनत गर्नुपर्ने उनले बताए।

कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ। प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिने संघले जनाएको छ।

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्