Kathmandu Press

तालिबानी लडाकुद्वारा न्यायाधीशको हत्या

हेरात, फागुन ६ : अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको छ।

हेरातको इन्जिल जिल्लाक....

तालिबानी लडाकुद्वारा न्यायाधीशको हत्या

हेरात, फागुन ६ : अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको छ।

हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले सोमबार राति गोली हानी हत्या गरेको जनाएको छ।

प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरेपनि व्यक्ति हत्याको ज्यादती नरोकिएकामा चिन्ता व्यक्त गरे।

साप्ताहान्तमा कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए। अफगानी स्वतन्त्र मानवअधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार आठ सयभन्दा बढी सर्वसाधारणको हत्या भएको छ । त्यस्तै, सात हजार नौ सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, फागुन ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्