दर्शकको मन जित्न असफल फिल्म 'लभ आज काल'
काठमाडौं, फागुन ६ : भ्यालेन्टाइन डेको दिन रिलिज भएको कार्तिक आर्यन र सारा अली खानको फिल्म लभ आज कलले दर्शकको मन जित्न असफल भएको छ । फिल्मको शुरुवात रा....

काठमाडौं, फागुन ६ : भ्यालेन्टाइन डेको दिन रिलिज भएको कार्तिक आर्यन र सारा अली खानको फिल्म लभ आज कलले दर्शकको मन जित्न असफल भएको छ । फिल्मको शुरुवात राम्रो भएपनि एक सातापछि फिल्मले बक्स अफिसमा घुँडा टेकेको छ । ट्रेलर रिलीज भएदेखि नै कार्तिक आर्यन र सारा अली खानको जोडी पर्दामा हेर्न उत्साहित दर्शकबाट फिल्मको राम्रो समीक्षा पाइएको छैन । यसको सीधा असर फिल्मको कमाईमा परेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको अन्तिम कमाई सार्वजनिक गर्दै सोचे अनुसार फिल्म सफल हुन सकेको बताएका छन् । उनले फिल्मको माई ट्वीटरमा सार्वजनिक गदै रिलिज भएको दिन राम्रो कमाई भएपनि पछिल्लो दिनहरुमा राम्रो कमाई हुन नसकेको बताएका छन् । उनका अनुसार फिल्मले रिलिज भएको दिन करिब १२ करोड ४० लाख रुपैयाँ कमाएको थियो भने चौथो दिनमा दुई करोड ७६ लाख मात्र कमाएको छ ।
यसपछि, बिदाको समयमा फिल्मको कमाई बढनुसाटो घटेको छ । चार दिनसम्ममा फिल्मले ३१ करोड २६ लाख मात्र कमाउन सकेको छ ।
इम्तियाज अली निर्देशित यस फिल्मको पुरानो संस्करण २००८ मा रिलीज भएको थियो । उक्त फिल्ममा सैफ अली खान र दीपिका पादुकोणको मुख्य भूमिका रहेको थियो । फिल्मका गीतहरू पनि सुपर हिट रहेका थिए ।
फिल्मको यस संस्करण भने दर्शकहरुलाई मन परेको छैन । सारा र कार्तिकको जोडीले दर्शकलाई प्रभावित पर्न सफल भएको छैन ।












