पहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ। पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन्। 'तत्काल सडक खुलाउन असम्भव छ,' उनले भने।
लमजुङ, साउन २८ : पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ। पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन्। 'तत्काल सडक खुलाउन असम्भव छ,' उनले भने।
सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ।
प्रकाशित मिति: १४:४७ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
