
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसले संसदीय दलको बैठक सुरू भएको छ। संघीय संसद भवनको तोत्से हलमा सुरू भएकाे आजको बैठकले पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।
नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशमा थुनामुक्त भभइसकेका छन्। शुक्रबार बसेको संसदीय दलकै बैठकले सांसद शर्मा पक्राउबारे अर्को आइतबार धारणा बनाउने बताएको थियो। आजको बैठकमा सांसद शर्मा पनि सहभागी भएका छन्। शुक्रबारको बैठकमा भने उनी अनुपस्थित थिए।
त्यसका अलावा संसदको अवरोध खुलाउने सम्बन्धमा पनि छलफल हुनेछ। सुन तस्करी सम्बन्धमा छानबिनका लागि उच्चसतरीय समिति बनाउन माग राखेर एमालेले साउन १० गतेदेखि नै संसद अवरुद्ध पार्दै आएको छ। समसायिमक राजनीति, पार्टी गतिविधिबारे पनि छलफल बैठकमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १३:३२ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार






