Kathmandu Press

सुनिल शर्मालाई सरकारी वकिल कार्यालयमा लगियो 

शर्मालाई थुना म्याद थप गर्न काठमाडौं सरकारी वकीलको कार्यालयमा लगिएको हो। पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलकहाँ लगिएको छ।
सुनिल शर्मालाई सरकारी वकिल कार्यालयमा लगियो 

काठमाडौं, साउन २६ : शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा पक्राउ परेका नेपाली कांग्रेसकासांसद सुनिल शर्मालाई सरकारी वकिल कार्यालयमा लगिएको छ।

शर्मालाई थुना म्याद थप गर्न काठमाडौं सरकारी वकीलको कार्यालयमा लगिएको हो। पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलकहाँ लगिएको छ।

सरकारी वकिलले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ। शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरिसकेको छ।

पछिल्लोपटक राजधानीस्थित सुमेरु सिटी हस्पिटलमा कार्यरत चिकित्सक पुनम थापा चौधरी पक्राउ परेका छन्। 
 
प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्