Kathmandu Press

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो। 
राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

काठमाडौँ, असार ३२ :  राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो। 

राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 
प्रकाशित मिति: १७:०० बजे, बिहीबार, असार ३२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्