Kathmandu Press

अवरुद्ध संसदको कुनै पनि सेवा सुविधा नलिने रास्वपाकाे घाेषणा

शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपाले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको कुनै पनि सेवा नलिने जानकारी गराएको सभापति रवि लामिछानेले बताए।
अवरुद्ध संसदको कुनै पनि सेवा सुविधा नलिने रास्वपाकाे घाेषणा

काठमाडाैं, साउन १२ : राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध संसदको कुनै पनि सेवा सुविधा नलिने भएको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपाले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको कुनै पनि सेवा नलिने जानकारी गराएको सभापति रवि लामिछानेले बताए।

अवरुद्ध भएका बेला संसदको कुनै पनि सुविधान पाएको भए त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्था गर्न सभामुखलाई अनुरोध गरिएको जानकारी लामिछानेले दिए।

त्यस्तै उनले लगातार सदन अवरुद्ध हुँदा सांसदहरुको सार्वभौम अधिकार हनन पुगेको भन्दै जारी अधिवेशन नियमित गर्न आवश्यक पहलकदमी लिन र राजनीतिक पार्टीहरुलाई यसतर्फ सजक गर्न सभामुखलाई आग्रह गरिएको बताए।

लामिछानले अहिले बिभिन्न प्रकरण लगाएतका जनताका मुद्दाहरुलाई सदनबाट अभिव्यक्त गर्न पाउने वातावरण बनाउनुपर्ने जिकिर गरे। 

प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्