Kathmandu Press

व्‍यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ।
व्‍यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

काठमाडौं, साउन २६ : एक क्विन्टल सुन तस्करी प्रकरणमा नाम जोडिएका व्‍यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ। पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ।

यसअघि राजस्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा पनि मारेको  थियो।

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्