Kathmandu Press

‘सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछालिन्छ र भागबन्डा मिलेपछि अनुसन्धान सामसुम पारिन्छ’

नेसपाले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले क्यान्टोन्मेन्ट घोटाला, विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्नेमा जाेड दिएका हुन्।
‘सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछालिन्छ र भागबन्डा मिलेपछि अनुसन्धान सामसुम पारिन्छ’

बुटवल, साउन २६ : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्नेमा जाेड दिएका छन्।

नेसपाले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले क्यान्टोन्मेन्ट घोटाला, विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्नेमा जाेड दिएका हुन्।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिएकाे उनले बताए। ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम पार्ने गरेको आरोपसमेत उनले लगाए।

‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने र ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउने गरिन्छ। त्यसपछि अनुसन्धान सामसुम हुन्छ,’ उनले भने, ‘अहिले भइरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्ने जसताे देखिन्न।’

उनले ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र बयान दिन जाने बताए। ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु,’ उनले भने ।

सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको भट्टराईकाे भनाइ थियाे।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्