कांग्रेस सांसद शर्माको पक्राउप्रति एमाले सांसद साहकाे आपत्ति
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै सांसद साहले सुन काण्ड प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दा शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन्।
काठमाडौं, साउन २६ : नेकपा एमालेका सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै सांसद साहले सुन काण्ड प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दा शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन्।
म्याद सकिसकेको प्रमाणपत्रको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाइन्। उनले सत्तपक्ष नै सदन सञ्चालन गर्न गम्भीर नभएको उल्लेख गरिन्।
‘यो कानुनले पनि मिल्दैन। उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ। यसको घोर आपत्ति गर्न चाहन्छु,’ उनले भनिन्।
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सांसद शर्मालाई बिहीबार पक्राउ परेका थिए।
प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार