Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक संसद भवनमा जारी

प्रतिनिधिसभा बैठक स्थगित भएलगत्तै संसद भवनकाे लोत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरू भएकाे हाे।
कांग्रेस संसदीय दलको बैठक संसद भवनमा जारी

काठमाडौं, साउन २६ : कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेकाे छ।

प्रतिनिधिसभा बैठक स्थगित भएलगत्तै संसद भवनकाे लोत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरू भएकाे हाे।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउने, नयाँ विधेयक प्रस्तुत गर्ने विषायमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा आगामी दिनमा संसद्‍मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपन्छीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारे सरकारको ध्यानाकर्षण गराइने पनि उनले बताए।

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्