नेदरल्यान्ड्सलाई हराउँदै स्पेन महिला विश्वकपको सेमिफाइनलमा
शुक्रबार बिहान भएको खेलमा अघिल्लो सिजनको फाइनलिस्ट नेदरल्यान्ड्सलाई २–१ले हराउँदै स्पेनले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ।
काठमाडाैं, साउन २६ : स्पेन महिला विश्वकपका फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा अघिल्लो सिजनको फाइनलिस्ट नेदरल्यान्ड्सलाई २–१ले हराउँदै स्पेनले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ।
खेलमा स्पनेलाई जित दिलाउन सल्मा सेलेस्टे पारालुएलो आयिङ्गोनो र मारियाना काल्डेन्टेले गोल गरेका थिए। नेदरल्यान्ड्सका लागि स्टेफानी भान डेर ग्राटले गोल गरेकी थिइन्।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो। साल्माले १११औं मिनेटमा गोल गरेपछि स्पेन सेमिफाइनलमा पुग्यो।
त्यसअघि अग्रता पनि स्पेनले नै लिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मसियानाले ८१औं मिनेटमा स्पेनलाई अग्रता दिलाइन्। उनले पेनाल्टीमाले गोल गरेकी थिइन्। तर, इन्जुरी समयमा स्टेफानीले गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएकी थिइन्।
अब स्पेनले फाइनल प्रवेशका लािग जापान र स्वीडेनबीचको विजेतासँग खेल्नेछ।











