Kathmandu Press

भुटानको पारो एफसीलाई हराउँदै मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा

परोमाथि ३–२को जितसँगै मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणको छनोटको दोस्रो राउन्डमा पुगेको छ। अब उसले भारतको मोहन बगानसँग अगस्त २२मा खेल्नेछ।
भुटानको पारो एफसीलाई हराउँदै मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा

काठमाडाैं, साउन २३ : मछिन्द्र फुबटल क्लब एएफसी कपको प्रारम्भिक चरणको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसीलाई ३–२ले हराउँदै मछिन्द्र दोस्रो चरणमा प्रवेश गरेको हो।

खेलमा मछिन्द्रका लागि विमल घर्तिमगर, आयुष घलान र आलोवाले आफिजले गोल गरेका थिए। यता, पारो एफसीका लागि काजुओ होम्मा र इभान अशान्तेले गोल गरेका थिए।

खेलको सातौं मिनेटमै पारोले अग्रता लियो। उसका होम्माले गोल गरेका थिए। तर, उसको अग्रता धेरैबेर टिक्न सकेन। १२औं मिनेटमा विमलले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले आयुषको पासमा गोल गरेका थिए।

यस्तै, १५औं मिनेटमै आयुषले मछिन्द्रलाई अग्रता दिालए। उनले विमलको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा ओलावालेले ओमालाजा करिमको पासमा गोल गरेपछि मछिन्द्रले पहिलो हाफमै ३–१को अग्रता लियो।

तर, ७१औं मिनेटमा अशान्तेले गोल गरेपछि पारोले मछिन्द्रमाथि निरन्तर दबाब बनायो। उसले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि गोल गर्न सकेन।

परोमाथि ३–२को जितसँगै मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणको छनोटको दोस्रो राउन्डमा पुगेको छ। अब उसले भारतको मोहन बगानसँग अगस्त २२मा खेल्नेछ।

 

 

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्