Kathmandu Press

अन्टार्कटिकामा हालसम्मकै उच्च तापक्रम

जलवायु परिवर्तनले तीव्रता पाइरहेकै बेला अन्टार्कटिकामा हालसम्मै उच्च तापक्रम ६४.९ डिग्री फरेन्हाइट मापन गरिएको अर्जेन्टिनाको अध्ययनले देखाएको छ।

अन्टार्कटिका....

अन्टार्कटिकामा हालसम्मकै उच्च तापक्रम

जलवायु परिवर्तनले तीव्रता पाइरहेकै बेला अन्टार्कटिकामा हालसम्मै उच्च तापक्रम ६४.९ डिग्री फरेन्हाइट मापन गरिएको अर्जेन्टिनाको अध्ययनले देखाएको छ।

अन्टार्कटिकाको ट्रिनिटी प्रायद्विप नजिकै रहेको एस्परान्जा बेसमा सो तापक्रम मापन गरिएको हो। यसअघि मार्च २०१५ मा त्यहाँको तापक्रम ६३.५ डिग्री फरेन्हाइट मापन गरिएको थियो।

Hardik ivf

सन् २०१० को दशककै तातो जनवरी र सबैभन्दा तातो दशक मापन गरिएसँग अन्टार्कटिका पनि तापक्रम अत्यधिक मापन गरिएको हो।

विश्वमै छिटो तापक्रम बढिरहेको क्षेत्रमध्ये अन्टार्कटिका पनि एउटा हो। जलवायु परिवर्तनले विश्वभर तापक्रम कीर्तिमान राखिरहेको बेला समाधानको उपाय खोज्नु निकै चुनौतीपूर्ण रहेको वैज्ञानिकहरूले बताएका छन्।

एस्पराञ्जाले मापन गरेको तापक्रमलाई वर्ल्ड मेटियोरोलोजिकलन अर्गनाइजेसन (डब्ल्युएमओ) प्रमाणित गर्न बाँकी छ। “अहिलेसम्म हाम्रो अध्ययन ठीक देखिन्छ तर यसको औपचारिक मूल्याङ्कन पक्कै हुनेछ,” डब्ल्युएमओको वेदर एन्ड क्लाइमेट एक्स्ट्रिम्स र्‍यापपोर्टर र्‍यानन्डल सर्भिनीले बताए।

पृथ्वीको तापक्रम बढेसँगै अन्टार्कटिकाको ग्लेसियर तीव्र रूपमा पग्लिरहेको अध्ययनहरूले देखाएका छन्। विश्व समुद्र सतहमा यसले उल्लेखनीय वृद्धि गर्नेछ।डब्ल्युएमओले जनाए अनुसार सन् १९७९ र २०१७ बीच अन्टार्कटिकाको हिउँ पग्लिने क्रम वर्षेनी ६ गुणाले बढेको छ।

आधा शताब्दीयता अन्टार्कटिका प्रायद्विपको पश्चित तटमा अनुमानित ८७ प्रतिशत ग्लेसियर पग्लिएको छ। तीमध्ये अधिकांश गएको १२ वर्षमा अझ धेरै पग्लिए। भविष्यमा पनि सो प्रायद्विपमा तापक्रम चरम बढ्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति: ०६:२४ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्