Kathmandu Press

चार पटकको च्याम्पियन अमेरिका अन्तिम १६ बाटै बाहिरियो

विश्वकपका यसअघिका सबै संस्करणमा सेमिफाइनल पुगेको अमेरिका पहिलो पटक सेमिफाइनल पुग्न असफल भयो।
चार पटकको च्याम्पियन अमेरिका अन्तिम १६ बाटै बाहिरियो

काठमाडाैं, साउन २१ : महिला विश्वकपको सर्वाधिक सफल टिम अमेरिका अन्तिम १६बाटै बाहिरिएको छ। आइतबार भएको खेलमा स्वीडेनसँग पेनाल्टी सुटआटमा ५–४ले पराजित भएपछि ४ पटकको च्याम्पियन अमेरिका अन्तिम १६बाटै बाहिरिएको हो।

आइतबार अस्ट्रेलियाको मेलवर्नस्थित रेक्टाङ्गुलर स्टेडियममा भएको खेल निर्धारित र थप गरिएको ३० मिनेटको समयमा कुनै गोल नभएपछि पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा स्वीडेनका लािग लिना हुर्टिङ, माग्डालेन इरिक्सन, हाना बेनिसन, इलिन रोबेन्सन र फ्रिडोलिना रोल्फोले गोल गर्दा रिबेका ब्लोमविस्ट र नान्थालिया बिजोर्नले गोल गर्न असफल भएका थिए।

यस्तै, अमेरिकाका लागि एलिसा नाहेर, क्रिस्टेइ मेविस, लिन्ड्सी होरान र एन्डी सुलिभानले गोल गर्दा केली ओहारा, सोफिया स्मिथ र मेगन रापिनो गोल गर्न असफल भए।

विश्वकपका यसअघिका सबै संस्करणमा सेमिफाइनल पुगेको अमेरिका पहिलो पटक सेमिफाइनल पुग्न असफल भयो। अमेरिका लगातार २ खेलमा गोल गर्न असफल भएको र लागतार तीन खेल जित्त नसकेको यो पहिलो पटक हो।

यता, स्वीडेनले पहिलो पटक महिला विश्वकपमा पेनाल्टीमा खेल जितेको हो। यसअघि सन् १९९५मा स्वीडेन चीनसँग पराजित भएको थियो।

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्