नेदरल्यान्ड्स महिला विश्वकपको क्वार्टरफाइनलमा
अस्ट्रेलियाको मूर पार्कस्थित एलियान्ज स्टेडियममा नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रुड र लिनेथ बिरेन्स्टेनले गोल गरे। नवौँ मिनेटमा रुडको गोलमा नेदरल्यान्ड्सले खेलमा सुरुआती अग्रता लियो।
काठमाडाैं, साउन २१ : नेदरल्यान्ड्स अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा पहिलो पटक नकआउटम स्थान बनाएको दक्षिण अफ्रिकालाई २–०ले हराउँदै नेदरल्यान्ड्सले अन्तिम ८मा स्थान पक्का गरेको हो।
अस्ट्रेलियाको मूर पार्कस्थित एलियान्ज स्टेडियममा नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रुड र लिनेथ बिरेन्स्टेनले गोल गरे। नवौँ मिनेटमा रुडको गोलमा नेदरल्यान्ड्सले खेलमा सुरुआती अग्रता लियो। उनले शेरिडा स्पिटसेको कर्नरमा हेडिङ गर्दै गोल गरेकी थिइन्।
जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी रुडको यो प्रतियोगितामा चौथो गोल हो। पहिलो हाफमा १–०को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रको हाफमा १ गोल थप्यो। उसका लागि ६८औं मिनेटमा बिरेन्स्टेनले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम ८मा स्थान पक्का पारिन्। अघिल्लो संस्करणको फाइनलिस्ट नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा शुक्रबार स्पेनको सामना गर्नेछ।











