महिला विश्व कपमा अन्तिम-१६ का खेल आज
नेपाली समय अनुसार आज हुने पहिलो खेलमा बिहान पौने ८ बजे नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।
काठमाडौं, साउन २१ : फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का दुई खेल हुँदैछन् । आज नेदरल्यान्ड्स, दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् ।
नेपाली समय अनुसार आज हुने पहिलो खेलमा बिहान पौने ८ बजे नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।
महिला विश्वकप फुटबलमा हिजो भएका खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन र नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा पुगेका छन् ।
न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।
प्रकाशित मिति: ०८:१४ बजे, आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार