Kathmandu Press

विशेष प्रशिक्षणका लागि ६ क्रिकेटर दिल्ली प्रस्थान

क्यानले विशेष प्रशिक्षका लागि विनोद भण्डारी, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल, विवेक यादव र कमल क्षेत्रीलाई दिल्ली पठाएको हो।
विशेष प्रशिक्षणका लागि ६ क्रिकेटर दिल्ली प्रस्थान

काठमाडाैं, साउन २० : विशेष प्रशिक्षणका लागि ६ नेपाली क्रिकेटर विशेष प्रशिक्षणका लागि दिल्ली प्रस्थान गरेका छन्। नेपालका क्रिकेट संघ (क्यान)का अनुसार उनीहरु शनिबार दिउँसो दिल्ली प्रस्थान गरेका छन्।

क्यानले विशेष प्रशिक्षका लागि विनोद भण्डारी, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल, विवेक यादव र कमल खत्रीलाई दिल्ली पठाएको हो। आसन्न एसियन गेम्स र टि–२० विश्वकपको एसिया छनोटको तयारीका क्यानले उनीहरुले दिल्ली पठाएको हो।

दिल्लीमा उनीहरुलाई एक महिना प्रदीप साहुले टेलर मेड प्रशिक्षण गारउने क्यानले जनाएको छ। उनीहरुलाई नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि निरीक्षण गर्ने छन्।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्