Kathmandu Press

जापान र स्पेन महिला विश्वकपको क्वार्टरफाइनलमा

क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा जापानले पूर्वच्याम्पियन नर्वेलाई ३–१ले हरायो। न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा जापानलाई जित दिलाउन रिसा सिमिजु र हिनाता मियाजावाले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। नर्वेका लागि गुरो रेइटेनले गरेकी थिइन्।
जापान र स्पेन महिला विश्वकपको क्वार्टरफाइनलमा

काठमाडाैं, साउन २० : जापान र स्पेन अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। शनिबार भएको खेलमा जापानले नर्वे र स्पेनले स्वीट्जरल्यान्डलाई हराउँदै अन्तिम ८मा स्थान पक्का गरेका हुन्।

क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा जापानले पूर्वच्याम्पियन नर्वेलाई ३–१ले हरायो। न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा जापानलाई जित दिलाउन रिसा सिमिजु र हिनाता मियाजावाले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। नर्वेका लागि गुरो रेइटेनले गरेकी थिइन्।

खेलमा १५औं मिनेटमा जापानले इन्ग्रिड इन्गेनको आत्मघाताी गोल मार्फत जापानले सुरुआती अग्रता लियो। २०औं मिनेटमा रेइटेनले गोल गर्दै नर्वेलाइृ खेलमा फर्काइन्। पहिलो हाफ १–१मै सकियो। ५०औं मिनेटमा खेलमा जापानले पुनः अग्रता लियो। उसका सिमिजुले गोल गरेकी थिइन्। त्यसअघि ८१औं मिनेटमा मियाजावाले गोल गरेपछि जापानले पूर्वच्याम्पियन नर्वेमाथि ३–१को जित निकाल्यो।

यस्तै, न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा स्वीट्जरल्यान्डमाथि ५–१को सानदार जित निकाल्दै स्पेन अन्तिम ८मा पुगेको हो। स्पेनलाई जित दिलाउन इटाना बोन्मतीले २ तथा अल्बा रेडोन्डो, लाइआ कोडिना र जेनिफर हेर्मोसोले गोल गरिन्। स्वीट्जरल्यान्डका लागि कोडिनाले आत्मघाती गोल गरेकी थिइन्।

बोन्मतीले खेलको पाचौं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाइन्। ११औं मिनेटमा कोडिनाले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१को बराबरीमा आयो। त्यसपछि रेडोन्डोले १७औं मिनेटमा गोल गर्दै खेलमा स्पेनलाई पुन अग्रता दिलाइन्।

त्यसपछि  बोन्मती ३६औं र कोडिनाले ४५औं मिनेटमा गोल गरेपछि स्पेनिले पहिलो हाफमा ४–१को अग्रता लियो। त्यसपछि हेर्मोसोले ७०औं मिनेटमा गोल गरेपछि स्पेनल खेल ५–१ले जित्यो। क्वार्टरफाइनलमा स्पेनले नेदरल्यानड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग र जापानले अमेरिका र स्वीडेनबीचको विजेतासँग अगस्ट ११ मा खेल्नेछ।
 

प्रकाशित मिति: १६:५० बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्