पूर्वकप्तान ज्ञानेन्द्र मल्ले लिए सन्न्यास
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै ३२ वर्षीय मल्लले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका हुन्। सन्न्यासको घोषणा गर्दै उनले अब एउटा फरक यात्राको सुरुआत गर्ने बताए।
काठमाडौं, साउन १८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै ३२ वर्षीय मल्लले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका हुन्। सन्न्यासको घोषणा गदैृ उनले अब एउटा फरक यात्राको सुरुआत गर्ने बताए।
नेपाली क्रिकेटका टेक्निकल्ली सबैभन्दा राम्रा ब्याट्सम्यान मल्लले राष्ट्रिय टिमा झण्डै २ दशक बिताए। १७ वर्ष राष्ट्रिय टिममा बिताउँदा उनले १० वर्ष उपप्तान र २ वर्ष कप्तानको भूमिका निर्वाह गरे।
पछिल्लो समय ‘आउट अफ फर्म’ रहेका ज्ञानेन्द्रले जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटका पछिल्लो २ खेल खेलेका थिए। उनी आयरल्यान्डविरुद्ध अन्तिम पटक नेपालको जर्सीमा देखिए। त्यहाँ उनले ७ जन बनाए।
सन् २००५मा उमेर समूहबाट राष्ट्रिय टिमको यात्रा थालनी गरेका उनले सन् २००६ मै राष्ट्रिय टिममा डेब्यूको अवसर पाए। सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरे ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ एकदिवसीय, ४५ टि–२० आई, ७७ लिस्ट र १ फस्ट क्लास खेल खेलेका छन्। उनले ७ अर्धशतकसहित कुल ८७६ रन बनाएका छन् भने टि–२० आईमा १ शतक र २ अर्धशतकसहित ८८३ रन बनाएका छन्। यस्तै, उनले लिस्ट एमा ११ अर्धशतक मद्दतमा १८०२ रन बनाएका छन्।











